शुक्रबार, बैशाख ०७, २०८१

ठुलो रकम चोरी भएपछि केही बैंकका एटिएम बन्द, सुरक्षाबारे राष्ट्र बैंकमा बैठक सुरु

काठमाडौँ । काठमाडौँमा विभिन्न बैंकका एटिएमबाट लाखौँ रकम चोरी भएपछि केही बैंकलेउपत्यकामा एटीएम बन्द गरेका छन्। नक्कली एटिएम कार्य प्रयोग गरी चिनियाँ ह्याकरहरुले १ करोड भन्दा धेरै रकम झिकेपछि नविल र प्रभु बैँकसहित केही बैँकले एटिएम बन्द गरेका हुन्।

ह्याकरहरुले बैंकको सिस्टम नै ह्याक गरेको र केही नक्कली एटीएम बनाएर पैसा झिकेकाले लुटिएको रकम अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

एटिएमबाट ठुलो रकम निकालेका ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने प्रहरीले जनाएको छ। एटीएम र बैंकिङ प्रणालीको सुरक्षाको बारेमा छलफल गर्न अहिले राष्ट्र बैंकमा बैठक बसिरहेको छ।