बिहिबार, बैशाख १३, २०८१

वैदेशिक रोजगारीः भारत पठाउँदा पनि शुल्क

खाडी, मलेसिया, युरोप, अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि पठाउँदा ठगी गर्ने विषय नयाँ होइन ।

वैदेशिक रोजगारीका लागि ती मुलुक जाने युवालाई विभिन्न बहानामा ठगी गर्ने धन्दा मौलाइरहेका बेला छिमेकी मुलुक भारतमा काम लगाइदिने नाममा समेत यस्तै हुन थालेको छ ।

सिनामंगलमा रहेको एलाइन्स इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले भरातको विहारमा मासिक २०–२६ हजार भारतीय रुपैंयाँ पारिश्रममिक दिलाउने भन्दै आठ युवालाई ठगी गरेको खुलेको हो ।

कन्सल्टेन्सीमा काम गर्ने अनिल श्रेष्ठ र दीपक शाहलाई २० हजार रुपैयाँ बुझाएका कञ्चनपुर कृष्णपुर–९ का रमेश प्रसाद ओझाले रकम बुझाएको दुई महिना बित्दा पनि भारत जान नपाएको बताए । नागरिक दैनिकमा खबर छ ।