शुक्रबार, चैत १६, २०८०

बक्सर प्रचण्ड केसीद्वारा ‘होपफुल फ़ाइट’मा सानदार विजय

जापान । टोकियो डोममा शुक्रबार सम्पन्न ‘होपफुल फ़ाइट’ नामक बक्सिङ प्रतियोगीतामा नेपालका प्रचण्ड केसी विजय भएका छन ।
केसीले ५३ किलो तौल समुह बक्सिङमा आफ्ना प्रतिपर्धीलाई २ राउण्डमा नकआऊट गरि जित हात पारेका हुन् ।

केसीको प्रतिस्पर्धीको रूपमा जापानी बक्सर युहेई मारुयामा रहेका थिए । पछिल्लो समय जापानमा नेपाली बक्सरहरुले उल्लेख्य सफलता हात पार्दै आएका छन् ।
केसीले यो जितसंगै फेरि एकपटक बक्सिङ रिंगमा नेपाली झण्डा फहराउँदै नेपालीको नामलाई उच्च पारेका छन ।शुक्रबार साँझ ६:४५ मा भएको उक्त खेलमा सधाझैँ आफ्नो उच्च मनोबलका साथ रिंगमा छिरेका केसी ले उनका जापानी प्रतिद्वन्दी लाई दुई राउण्ड सम्ममात्रै टिक्न पनी धौं धौं पारेका थिए । जापानको यती व्यस्थ जिवनसैलीमा पनि अन्य सबकुरा छाडी बक्सिङ खेललाई समय र प्राथमिकता दिएर मेहनतका साथ लागि परेका केसीले भने–जापानबासी नेपाली दाजु भाई दिदी बहीनीहरु , पत्रकारज्युहरु लगाएत सम्पुर्ण सुभेच्छुकहरुको साथ हौंसलालेमात्रै मेरो जित सम्भव भएकोले यहाँहरु सम्पुर्णलाई हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु ।

केसीले ,अन्य प्रतिष्पर्धाहरुमा निरन्तर खेल्दै खेलको माध्यमबाट नेपालको नाम अझै चम्काउनका निरन्तर लाग्ने बताएका छन् । साथै उनले आगामी दिनमा पनी जापानवासी नेपालीहरुको यस्तै माया ,साथ र सपोर्टको अपेक्षा गरेका छन् ।

जापानमा मार्सल आर्ट खेलकुदको माध्यमबाट नेपाल र नेपालीको नाम उच्च राख्न सँघर्षरत खेलाडीहरु मा टोकियोमा प्रचण्ड केसी तथा नागोयामा अबिरल घिमिरेको नाम अगाडी रहेको छ । अविरले पनि केहि दिन अघि मात्रै एक खेलमा जित हाँसिल गरेका थिए ।