शनिबार, बैशाख ०८, २०८१

सवैको साँझा एनआरएनए बनाउन जापानको सचिवमा घिमिरेको उम्मेद्धारी

कविकिरण न्यौपाने,नागोया ।
फेसबुकको आफ्नो स्टाट्समा जापानमा व्यवशाय गर्दै आएका सुरेश गिरिले भनेका छन् कि एनआरएनए को अभियानमा कहिले पनि हारजितको प्रवाह नगरी अभियानलाई सधै आत्मसाथ गरी अहोरात्र खटिने युवा व्यवसायी विष्णु प्रसाद घिमिरेको उमेदवारी घोषणा अबको एनआरएनएलाई नयाँ कार्यदिशा दिनेछ भन्ने आशा राख्दै अग्रिम बधाई तथा शुभकामना दिन चाहन्छु ।

गिरिले भने झै विष्णु प्रसाद घिमिरे विगत वर्षहरूमा एनआरएनएको कुनै जिम्वेवार पदमा छैनन् तर पनि एनआरएनए अभियान तथा विदेशमा हुने सामाजिक कार्यहरूमा घिमिरेको उपस्थिति अनिवार्य जस्तै छ । सामाजिक कार्य संगै प्रवासमा नेपालीहरुको दुःख सु:खमा उनि अग्रपङ्तिमा देखिने गर्छन। एनआरएनए जापान (२०१५ – २०१७ ) को अधिवेशनमा झिनो मतले सचिव पदमै पराजित भएका घिमिरेको क्रियाशिलतामा भने कमि आएन ।

विष्णु प्रसाद घिमिरेले एनआरएनए नागोयाकोक्षेत्रिय उपसंयोजक हुँदै संयोजकको जिम्मेवारी र्निवाह र्गार सकेका छन् । उनि साहित्य समाज जापान च्याप्टरका पूर्व अध्यक्ष समेत हुन। अवशरको खोजीमा १३ वर्ष अघि जापान आएका घिमिरे नागोयाका सफल व्यवशायी समेत हुन। एनआरएनए लाई पैसा भएका संस्था भन्ने आरोप लागि रहदाँ समाज अनि देश विकाशमा आर्थिक संगै ज्ञान , सिप भएका विज्ञ नेपालीको जरुरत पर्ने घिमिरेको तर्क छ। ति त्यस्ता विज्ञहरुलाइ आकर्षण गर्ने र अट्ने एनआरएनए बनाउन लागि पर्ने उनको भनाई छ l जापानका कुना -कुना सम्म नेपालीहरु छरिएर रहेका हुदाँ , तिनिहरुलाइ समेट्ने प्रयास गर्ने घिमिरे बताउछन ।
उनले जापानमा रहेका सवै नेपाली समुदायलाई सामाजिक कार्यमा आफ्नो क्रियाशिलतालाई अझैं निरंतरता दिन एनआरएनए जापानको सचिव पदमा आफुलाई मत दिन अनुरोध गरेका छन् ।