शुक्रबार, बैशाख ०७, २०८१

दोलखाको बाढीपहिरो पीडित सहयोगार्थ जापानमा सहयोग अभियान

टोकियो । गत हप्ता दोलखाको गौरीशंकर गाउँपालिकामा आएको बाढीपहिरो पीड़ित सहयोगार्थ जापानमा सहयोग अभियान सुरु गरेको छन ।
दोलखाली युवा मनोज श्रेष्ठ र सैलेन्द्र खड्काले सहयोग अभियान थालेको जानकारी दिएको हो ।

अबिरल बर्षासँगै आएको बाढीपहिरोले दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा ब्यापक क्षति पुर्याएको छ ।

बाढी पहिरोमा परी २ जना बेपत्ता भएका छन भने ३० भन्दा बढी घरमा क्षति पुर्याएको छ । पहिरोको कारण ३० भन्दा बढी घर उच्च जोखिममा रहेको छ ।
बाढीका कारण गौरीशंकर गाउँपालिकाको झगरे, राजपु, बाजुमु र यार्सामा गरी ३० घर भन्दा बढीमा क्षति पुगेको छ भने एक जना वेत्तपा रहेका छन । बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर २ का ५५ वषीया जगतबहादुर खत्री रहेका छन् । भने अर्का सोही वडाका १८ बर्षीय निशान खड्का पनि बेपत्ता रहेका छन् । राजधानी काठमाडौंबाट जुँगु आउदै गरेको यात्रुवाहक बस जुँग खोलामा फसेपछि उद्धारका लागि आएका खड्का उद्धारकै क्रममा पहिरोमा परेर बेपत्ता भएका हुन ।
यसरी आफ्नो जन्मभूमिमा विपत परिरहँदा कसको पो मन रुन्न र । त्यसैले हामी प्रकृतिसँग जुध्न त सक्दैनौं तर प्राकृति विपतिमा परेकाहरुको घाउमा मलाम र पट्टी लाउन चै सक्छौं ।
त्यसैले यो दु:खको घडीमा आफ्नो दक्ष अनुसार स्वतस्फुर्त रुपमा सहयोग गरिदिनु अभियानकर्ताले जापानवासी सबैलाई अनुरोध गरेको छ ।