शुक्रबार, बैशाख ०७, २०८१

महेश्वर रिसालले एनआरएनए जापानको सचिबमा उम्मेद्धारी दिने घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ जापान गुन्मा क्षेत्रीय समितिका संयोजक महेश्वर रिसालले आगामी कार्यकाल ( २०१९-२१) कालागि केन्द्रिय समितिको सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापान गुन्मा क्षेत्रको संस्थापक संयोजक हुँदै हाल दोस्रो कार्यकाल पनि क्षेत्रीय संयोजकको भूमिकामा रहेका रिसालले अब भने केन्द्रिय समितिमा रहेर अगाढी बढ्न चाहेका हुन् । काभ्रे जिल्ला घर भएका, महेश्वर रिसाल जापानमा सामजिक काममा पनि सकृय छन् । उनि जापानको गुन्मा केन स्थित नेपाली साझा समाज जापानका संस्थापक कोषाध्यक्ष र दोस्रो कार्यकाल बरीस्ठ उपाध्यक्ष समेत भएका थिए ।
जापानमा बसोबास गर्ने नेपालीमा भैइपरी आउने समस्या तथा नेपालमा आईपर्ने रास्ट्रिय बिपत्तीहरुमा समेत सहयोग जुटाउन पछी नपर्ने रिसाल ले जापानमा नेपाली समुदायभित्र मात्र नभई स्थानीय जापानी समुदायमा पनि आफ्नो राम्रो परिचय बनाउन सफल भएका छन् ।

एनआरएनएको केन्द्रिय समितिसँग क्षेत्रीय समितको समन्वय गराउनको लागि, आफुले उम्मेदवारी दिने बताएका रिसालले अहिलेसम्म आफुले गरेका सामाजिक कार्यहरूनै आफ्नो सवल पक्ष भएको र आगामी कार्यकालमा पनि त्यसैलाई निरन्तरता दिने बताए ।