बिहिबार, बैशाख १३, २०८१

जापानी मेयर र प्रदेश सांसद् लम्सालविच मैत्रीपूर्ण भेटघाट,सहकार्यको लागि छलफल

टोकियो । नेपालको प्रदेश नं ३ का सांसद् लक्ष्मन लम्साल र जापानको गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामाविच औपचारिक भेटघाट भएको छ ।

मेयर मुरायामाको कार्यकक्षमा वुधवार प्रदेश नं ३ काभ्रेको सांसद् तथा नेकपा युवा नेता लक्ष्मण लम्साल र गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामाविच औपचारिक भेटघाट गरि बिशेष छलफल भएको हो ।

सांसद् लम्सालले मेयर मुरायामालिाई नेपालीको मायाको चिनो बिर गोरखाको प्रतिक नेपाली पहिचान ढाका टोपी लगाईदिनु भएको थियो ।
सो भेटघाटमा प्रबासी नेपाली एकता मंच जापानका नेता हवल चन्द्र लामा र एनआरएनए गुन्माका निबर्तमान संयोजक महेश रिजालको बिशेष उपस्थिति सहभागीता रहेको थियो ।
सांसद् लम्सालले नेपाल जापान सम्बन्घ घेरै पुरानो र गाढा रहेको बताउदै जापान सरकारले नेपालको हरेक कृयाकलापमा सहयोग गर्दै आएकोमा घन्यबाद दिनुभयो ।
सोहि भेटमा सांसद् लम्साल निकट भबिश्यमा काभ्रे ज़िल्लाको कुनै एक शहर र गुन्माकेनको ओइजुमी शहरबिच भगिनी सम्बन्घ राख्ने बिषयमा प्रस्ताव राख्नु भयो ।
मेयर मुरायामाले निकट भबिष्यमा नेपाल गएर नेपालको जानकारी लिने र आइपर्ने कार्यमा सगकार्य गर्ने बाँचा गर्दै आफ्नो शहर गुन्मामा नेपाली घेरै रहेको र सुखदुखमा साथ दिइरहेको जानकारी गराउनु भयो ।