शनिबार, बैशाख ०८, २०८१

टोकियोको सिवा पार्कमा तीज फेस्टिवल,नेपालवाट आधा दर्जन कलाकार आउँदै

टोकियो । हरितालिका तिजको अवसरमा जापानको राजधानी टोकियोमा पहिलो पटक खुल्ला वृहत साँस्कृतिक कार्यक्रम ‘तीज फेस्टिवल’ भब्य हुने भएको छ ।

डेस्टिनी क्रियसन र एनआरएनए जापानको संयुक्त आयोजनामा सेप्टेम्बर १ तारिख आईतबार टोकियो टावर नजिक रहेको सिवा पार्कमा सो खुल्ला ‘तीज फेस्टिवल’ हुने भएको हो ।
नेपालका ख्यातिप्राप्त आधा दर्जन कलाकारहरु बद्री पंगेनी,पशुपति शर्मा,मन्जु पौडेल,सम्झान भण्डारी,रमेशराज भट्टराई र प्रताप दासको बेजोड सांगितिक प्रस्तुतिको साथमा नेपाली तीजको मौलिकता झल्काउने गरी जापानमैं पहिलो पटक भिन्न र बृहत ‘तीज फेस्टीवल’ गरिने डेस्टिनी क्रियसनका कृष्ण खरेलले जानकारी दिनुभयो ।

तीजको दरखाने दिन विहान १० वजेवाट साँझ ७ वजेसम्म हुने सो फेस्टिवल जापानवासी नेपालीहरुको माझँमा पहिलो पटक गर्न लागिएको हो ।
उक्त तीज फेस्टीवल जापानमैं पहिलो पटक खुल्ला पार्कमा गर्न लागेकोले जापानस्थित सम्पुर्ण संस्थालाई सह-आयोजकको रुपमा राख्ने जानकारी दिएको छ ।
उक्त कार्यक्रमवाट संकलित भई बचेको रकम नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्ने आयोजक संस्थाले जनाएको छ ।