शुक्रबार, चैत १६, २०८०

अविरल घिमिरेलाई बक्सिङ्मा अहिलेसम्मकै ठुलो सफलता हात

कविकिरण न्यौपाने,नागोया । जिवनमा जो कोही पनि हार्न चाहादैन । चाहे त्यो कुनै क्षेत्रमा किन नहोस् उ जहिले पनि जित्नै चाहान्छ । तर सबैलाई सधै जित्ने सौभाग्य कहाँ हुन्छ र । तर यस्ता सौभाग्यसाली अविरल छन् कि उनले अहिले सम्म हार्न जानेका छैनन।त्यस्मा पनि जन्मभूमिमा नभई पराईभूमिमा । विगत ४ वर्षदेखी आफ्नो आमावुवा संग जापानको नागोया शहरमा बस्दै आएका अविरल घिमिरेलाई उनको मनपर्ने खेल बक्सिङ्गमा अहिलेसम्म सफलता मात्र हात परेको छ ।

४ वर्ष जापान बसाईको क्रममा उनले ५ वटा आधारभुत र ७ वटा व्यवसायिक खेल खेलिसकेको उनका वुवा तथा उनको बक्सिङ्ग खेलका कोच (प्रशिक्षक) देव धिमिरे बताउछन् । बुवाकै प्रेरणावाट आफु यस खेलमा लागेको अविरलको भनाई छ ।उनका बुवा देव घिमीरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।

अविरलले खेलका ७ वटा व्यवशायिक खेलहरु मध्ये ५ वटामा उनले नकआउट चरणमा नै जित हासिल गरेका थिए भने २ वटा खेल भने वरावरी भएको थियो। जस्मा १ उनको पक्षमा आएको थियो भने १खेल विपक्षको पक्षमा गएको थियो। विदेशी भूमिमा आफ्नो छोराले खेलको माध्यमद्वारा नेपालको नाम चिनाउदा आफु मात्र नभई जापानमा बस्ने सबै नेपालीहरुको गर्वको कुरा भएको देव घिमिरेको भनाई छ।

अविरलको पछिल्लो हिट ४५ किक बक्सिङ्गको आईतवार जापानको नागोया स्थित नागोया कांग्रेस सेन्टरमा भएको खेलमा उनले बोलिबियाका च्याम्पियन फ्रान्को गुथीलाई पराजित गरे । जस्मा उनले २ राउण्डमानै नकाउट गर्दै विपक्षी खेलाडीलाई सहजै पराजित गरेका थिए। अविरललाई हौसला प्रदान गर्नका लागि खेल स्टेटिडीयममा नेपाली झण्डा सहित उल्लेखनिय नेपालीहरुको उपस्थिति रहेको थियो ।