बिहिबार, बैशाख १३, २०८१

टोकियोमा धादिङ समाज जापानले दर खाने कार्यक्रम आयोजना गर्ने

टोकियो । धादिङ् समाज जापानले अगस्ट ३१ तारिख दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाजका महासचिब बिमल श्रेष्ठका अनुसार नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको पावन अवसरमा प्रवासमा रहेका दिदीबहिनीहरुलाई एकै ठाउँमा भेला गराई दर खाने कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम टोकियोको को सिनओकुबोस्थित टोकियो रोधी क्लबमा आयोजना गरिने छ ।

त्यस्तै समाजका अध्यक्ष कृष्ण प्रसाद खनालले आफ्नो घर/ माईतीबाट टाढा रहेका दिदीबहिनीहरुलाई तिजको बेलामा खल्लोपना नहोस् तथा प्रवासमा पनि माईती तथा आफन्त छन् भन्ने आभास दिलाउँदै, नेपाली चाडबाड एवं परम्पराको जगेर्नाका लागि यो कार्यक्रम आयोजना गरिएकाले सम्पुर्ण धादिङेली दिदीबहिनीहरुलाई सहभागिताको लागि आग्रह पनि गर्नुभएको छ ।