शुक्रबार, चैत १६, २०८०

एनआरएनए नागोयाको कार्य समिति सहमति बन्ने,यस्तो छ तयारी

कविकिरण न्यौपाने/नागोया ।

यतिवेला विश्वभर छरिएर रहेका नेपालीहरुलाई एनआरएनएको अधिवेशनले छपक्कै छेकेको छ। सवै उमेदवारहरु आफुले बाजी मार्न लागि परेका छन् । यसै क्रममा जापानको क्षेत्रिय समिति नागोयामा भने सहमतिमानै समिति गठन हुने भएको छ ।

नागोया क्षेत्रिय समितिको अधिवेशन जुलाई २७ मा हुँदै छ। क्षेत्रिय अध्यक्षमा वर्तमान क्षेत्रिय सचिव श्याम सितल र पूर्व क्षेत्रिय उपाध्यक्ष अर्जुन केसीले आ-आफ्नो दावेदारी पेश गरेका थिए । तर केसीले आफु सहमितको लागि यसअघि पनि बाधक नभएको र यसपाली पनि नहुने बताएपछि सहर्मातमा नै समिति बन्ने भएको हो । श्याम सितल नागोयाको अध्यक्ष बन्ने पक्का भएको छ।

गत साता नागोया क्षेत्रिय समिति सर्वसहमत चयन गर्ने भन्दै नागोयामा भेलाको आयोजना गरियो । जस्को चाजोपाजो एनआरएनए क्षेत्रिय समितिका संयोजक दिपक कार्कीले मिलाएका थिए । सबैले मिलेर जानुपर्छ भन्दै थिए। त्यतिकैमा अध्यक्षको उमेद्वारी घोषणा गरेका अर्जुन केसीले भने तपाईहरु नागोयाबाटै एशिया प्यासिफिक संयोजकमा दुई जना उठ्नु भएको छ , हामीलाई मिल भन्न मिल्छ ? त्यतिकैमा एशिया प्यासिफिकमा संयोजक पदमा उमेदवारी घोषणा गरेका पारश मणि पोखरेल र गोविन्द्र जुरुक्क उठे र हात मिलाए । पोखरेलले गोविन्द्रजीले मलाई जहा उठ्न भन्नु हुन्छ , म तयार छु । श्रेष्ठ भने हाँसी मात्र रहे । यसवाट के प्रष्ट हुन्छ भने कोही एक अर्कालाई छोड्न तयार छैनन् ।

त्यस्तै हालै मात्र एशिया प्यासिफकका संयोजक पदका उमेदवार पारश मणि पोखरेल र ओम गुरुङ्ग विच एनआरएनएमा मिलेर जाने छलफल भए पनि टुङ्‌गोमा पुग्न नसकिएको छलफलमा सहभागी एआरएनए जापानका पूर्व कार्य समिति सदस्य चिरंजिवी सिग्देलले बताए ।

नागोया क्षेत्रिय समितिमा श्याम सितल अध्यक्ष बन्ने पक्का भए पनि अन्य केही पदमा सहमति हुन बाँकी छ। निर्वाचन समितिका संयोजक विमल अधिकारीका अनुसार एक जना खुल्ला उप-संयोजक चाहिनेमा राम वहादुर थापा ( रामु थापा ) र रुद्र मल्ल ( मनोज वम मल्ल) को उमेदवारी परेको छ। महिला उप-संयोजकमा भने एक जना चाहिएकोमा सीता कोईरालाको मात्र उमेदवारी परेको छ। सचिवमा योमन देवानको मात्र उमेदवारी परेको छ भने सह- सचिवमा एक जना चाहिनेमा राम वहादुर थापा र दामोदर सापकोटाको उमेदवारी परेको छ।कोषाध्यक्षमा गंगा धर्तीमगरको मात्र उमेदवारी परेको छ । सह- कोषाध्यक्ष एक जना चाहिएकोमा यम वहादुर पाईजा र गोविन्द्र प्रसाद कँडेलको उमेदवारी परेको छ। कार्य समितिमा भने पाँच जना चाहिएकोमा देव वहादुर खत्री , रामकृष्ण अधिकारी को मात्र उमेदवारी परेको छ ।

केही पदहरूमा केही बढी उमेदवारी परे पनि अन्त्य सम्ममा सर्वसहमत कार्य समिति गठन हुने निर्वाचन समितिका सदस्य सुरज काफ्ले बताउछन् । केही पदहरूमा सर्वसहमतिका लागि पहल भई रहेको निर्वाचन समितिका अर्का सदस्य यम खत्रीको भनाई छ ।