शनिबार, बैशाख ०८, २०८१

नेपाल एअरलाइन्सको जहाज काठमाडौं-ओसाका अगष्ट २९ बाट उडान,टिकट बुकिङ खुल्ला

टोकियो । नेपाल एअरलाइन्सको जहाज भदौ १२ गते अर्थात अगष्ट २९ तारिखदेखि काठमाडौं-ओसाका उडान गर्ने भएको छ ।

नेपाल वायुसेवा निगमले गएको असार १९ गतेदेखि ओसाका उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । अब भने भदौ २९ गतेदेखि हप्तामा २ वटा उडान हुने निगमका प्रवक्ता गणेश चन्दले जानकारी दिएका छन । प्रवक्ता चन्दका अनुसार काठमाण्डौबाट ओसाका जाने पहिलो उडानको लागि ३ जनाले टिकङ बुकिङ गरिसकेका छन् भने फर्कँदालाई ७ जनाले बुकिङ गरेका छन् ।

हामीसँग अझै १ महिनाभन्दा धेरै समय बाँकी छ, एजेन्टलाई अलि धेरै सक्रिय बनाउन सकेमा यात्रु नहुने कुरा आउँदैन, सुरु-सुरुमा त कम यात्रु भए पनि उडाउनैपर्छ’, उनले भने । निगमले ओसाका उडान नेपाली यात्रुको लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ । ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आएको थियो ।

नेपाल एअरलाइन्सले काठमाडाैं-ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ । निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो ।