शनिबार, बैशाख ०८, २०८१

जिरी स्र्पोटस क्लब सहित ३ जना खेलाडी कार्वाहीमा

पुष्कर खड्का,रामेछाप ।
दोलखा जिल्ला फुटबल संघले जिल्ला लिगमा खेलको भावना विपरीतको क्रियाकलाप गरेको भन्दै ३ जना खेलाडी र क्लबलाई कारवाहि गरेको छ । संघको सदरमुकाम चरिकोटमा आज बसेको बैठकले दोलखा जिल्ला फुटबल लिग प्रतियोगीतामा खेलको भावना र नियमावली विपरित कार्य गरेको दावी गर्दै जिरी स्र्पोटस क्लबका ३ जना खेलाडीलाई एक वर्ष सम्म अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने कुनैपनि खेल खेल्न नपाउने गरि बन्देज लगाएको छ ।
त्यसैगरि संघले जिरी स्पोर्टस क्लबलाई पनि ६ महिनाको लागी एन्फाले आयोजना गर्ने कुनैपनी खेल खेल्न नपाउने गरि बन्देज लगाएको छ भने ५ हजार रुपैयाँ जरिवाना समेत तिराउने निर्णय गरिएको छ । दोलखा सदरमुकाम चरिकोटमा असार ५ देखी १४ गते सम्म दोलखा जिल्ला फुटबल लिग प्रतियोगीता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगीतामा १० गते जिरी स्पोर्टस क्लब र चरिकोट सिटि क्लब बिच भएको खेलमा ४–३ गोल अन्तरले चरिकोट सिटि क्लब विजयी भएको थियो ।

उक्त खेल सकिना साथ जिरी स्पोर्टस क्लबका केहि खेलाडीले रेफ्रि माथि हातपात गर्ने कोशिष गरि खेलको नियम विरुद्धको कार्य गरेकाले कारवाहि गरिएको दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।