शुक्रबार, चैत १६, २०८०

एनआरएनए जापानको राहत कोष जुटाउन टोकियोमा ‘द एज बाण्ड कार्यक्रम’हुँदै

जापान । गैरआवसिय नेपाली संघ एनआरएनए जापानले आफ्नो राहतकोष सम्वन्धि घोषित लक्ष्यलाई आंशिक रुपमा स्रोत आर्थिक संकलनको लागि टोकियोमा ‘द एज बाण्ड कार्यक्रम’ हुने भएको छ ।
यहि जुलाई २८ तारिख टोकियो स्थित नाकानो जिरो हलमा द एज ब्याण्ड लाईभ कार्यक्रम गर्ने भएको हो ।
एनआरएनए जापान कार्य समितिको बैठकले उक्त कार्यक्रम समन्वयको लागि परिषदका सदस्य सचिन श्रेष्ठलाई कार्यक्रम संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सहभागि भई आआफ्नो स्थानबाट सहयोग गरिदिन जापानवासी नेपालीहरुमा अध्यक्ष टाशी वाङदी लामाले अपिल गर्नु भएको छ। विद्यार्थीको लागि टिकट दर ३,००० येन, अग्रिम टिकट बुकिङ ३,५००,हलमा टिकट दर ४,००० येन र स्पेशल टिकट दर १०,००० येन रहेको संयोजक सचिन श्रेष्ठले जानकारी दिनुभयो ।