शनिबार, बैशाख ०८, २०८१

गल्कोट स्पोर्ट्स क्लवको अधिबेशन सम्पन्न,अध्यक्षमा लक्ष्मण कार्की

टोकियो । “स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल” भन्ने मुल नाराका साथ स्थापित गलकोट स्पोर्ट्स क्लब टोकियोले तेस्रो अधिबेशन सम्पन्न गरेको छ ।

दुई चरणमा बिभाजन गरेर गरिएको अधिबेशनमा दुबै चरणको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष रत्नसिंह बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम संचालन क्रमश महासचिव लक्ष्मण कार्की र सचिव दुर्गा बहादुर खत्रीले गर्नु भएको थियो । कार्यक्रम गल्कोट समाज जापानका संरक्षक नर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

दोस्रो चरणमा एनआरएनए जापानकी महिला संयोजक सविता श्रेष्ठ,एनआरएनए जापानका सहकोषाध्यक्ष राम थापा(अनिल)जापान नेपाली एकता समाजका बिष्णु के सी नेपाल भलिबल संघ जापान का अध्यक्ष नविन कुमार गुरुङ्ग एनआरएनए जापान कान्तोका नविन निउरे,थकाली समाजका अध्यक्ष बुद्दी गौचन,चितवन समाजका अध्यक्ष राजन कुमार श्रेष्ठ लगाएतको पनि उपस्थिति थियो ।
दोश्रो चरणको कार्यक्रममा उपस्थित बिशिष्ट ब्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।साथै महासचिव लक्ष्मण कार्कीले संस्थाको यस कार्यकालको प्रगति बिवरण पेश गर्नु भएको थियो भने कोषाध्यक्ष महेन्द्र साहनीले आर्थिक बिबरण पेश गर्नु भएको थियो ।
दोस्रो चरणको कार्यक्रम गलकोट स्पोर्ट्स क्लव टोकियो जापानका सल्लाहकार रामकृष्ण बम मल्लको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समितिले समन्वय गरी निर्बिरोध रुपमा लक्ष्मण कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

नबगठित कार्यसमितिमा
अध्यक्ष: लक्ष्मण कार्की
बरिष्ठ उपाध्यक्ष: देबेन्द्र खत्री
उपाध्यक्ष: महेन्द्र साहानी
उपाध्यक्ष: डिलाराम निउरे
महासचिब: दुर्गा बहादुर खत्री
सचिब: हिमाल कडेल
सचिब: राजु बस्नेत
सचिब: गणेश खत्री
कोषाध्यक्ष: बुद्व बस्नेत
सह कोषाध्यक्ष: रमेश कुमार खत्री
खेलाडी संयोजक: अमर भण्डारी
सदस्य: दिपेस खत्री
सदस्य: नारायण चोखाल
सदस्य:हरि भण्डारी
सदस्य:सन्तोष कडेल
सदस्य:दिनेश थापा
सदस्य:प्रकाश निउरे
सदस्य:कृष्ण गौतम
सदस्य:ईश्वर बस्नेत
सदस्य: तेजिन्द्र भण्डारी
सदस्य:जीवन गैरे रहेका छन्।