शुक्रबार, चैत १६, २०८०

रामेछाप गाल्पा दोरम्बा-टोकरपुर सडक सुचारु

रामेछाप,पुष्कर खड्का । अविरल बर्षाको कारण अवरुद्ध भएको दोरम्बा गाउँपालिकाको केन्द्र जोडने मुख्य सडक गाल्पा–दोरम्बा–टोकरपुर जोडन सडक सुचारु भएको छ ।

गाउँपालिकाले अग्लेश्वरी लगायत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि पाँच दिनदेखि अवरुद्ध भएको यातायात सुचारु भएको हो ।गाउँपालिकाको आफ्नो मेसिन प्रयोग गरेर सडकको अवरोध हटाएपछि यस बर्ष बर्षाको समयमा पनि जोखिम मानिएको अग्लेश्वरबाट यातायात सञ्चालन हुने भएको छ । दोरम्बा गाउँपालिका र तीन नम्बर प्रदेश सरकारको लगानीमा गाल्पा दोरम्बा सडकमो सोलिङ गर्ने, नाला निर्माण गर्ने काम भएसँगै बर्षाको समयमा पनि निर्वाध रुपमा गाडी चल्ने भएको छ ।दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले अवरुद्ध गाल्पा दोरम्बा टोकरपुर जोडन सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताए ।
गत बर्ष डेढ महिनासम्म अवरुद्ध भएको सडक यस बर्ष पाँच दिन मात्र अवरुद्ध भएको बताउदै यस बर्ष निर्वाध रुपमा यातायात सञ्चालन हुने बताए ।