बुधबार, बैशाख १२, २०८१

रामेछाप प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकालाई

रामेछाप,पुष्कर खड्का । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा जारी रामेछाप जिल्लाकै ठुलो धन राशिको प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक रामेछाप नगरपालिका आफैले हात पारेको छ ।
राष्टिय स्तरका खेलाडीहरुले भरिएको रामेछाप नगरपालिकाको टिमले आकाशे ब्वाईज क्लबलाई ३ — ० गोल अन्तरले पराजित गरेसँगै प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । रामेछाप नगरपालिकाले प्रथम पुरस्कार स्वरुप ३ लाख रुपैयाँ र शिल्ड आफैले राख्न सफल भएको छ प्रतियोगिता दोश्रो हुन सफल आकाशे ब्वाईज क्लब मन्थलीले द्धितिय पुरस्कार स्वरुप २ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा तृतिय स्थान हात पार्न सफल लर्ड बुद्ध क्लब सिन्धुलीले दिपशिखा क्लब मन्थलीलाई ३ — ० गोल अन्तरले पराजित गरेको छ ।
तृतिय स्थानमा चिक्त बुझाउँदै लर्ड बुद्ध क्लब सिन्धुलीले १ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको पुरस्कार आकाशे ब्वाईज क्लबका खेलाडी मनोज श्रेष्ठले पाउन सफल भएका छन ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षकको पुरस्कार आयोजक रामेछाप नगरपालिका टिमका गोल रक्षक अंकित शाहिले पाउन सफल भएका छन । प्रतियोगितामा धेरै गोल गर्न सफल सर्वाधिक गोलकर्ता तर्फको पुरस्कार आयोजक रामेछाप नगरपालिका टिमका खेलाडी बबि तम्बेबाले पाएका छन । प्रतियोगिताका विजयी खेलाडी ,रेफ्रि,लगायतलाई आजै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले पुरस्कार वितरण गनुभएको छ ।
बुधबारदेखि शुरु भएको प्रतियोगीतामा १२ वटा समुहले सहभागीत जनाएका थिए । लगातारको वर्षाले खेल प्रभावित बनेको थियो ।