बिहिबार, बैशाख १३, २०८१

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो,उद्धार कार्य जारी

काठमाडौं । केही दिन देखिको लगातारको वर्षाका कारण बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
अविरल वर्षा पछिको बाढि पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा पाँच जना, भोजपुरमा पाँच , मकवानपुरमा चार जना, काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा तीन तीन जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एपी रमेश थापाले बताउनुभयो ।
त्यस्तै धादिङ , झापा, सिन्धुलीमा दुई दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा एक एक जना गरी ४३ जनाको मृत्यु भएको छ ।
मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।