बिहिबार, बैशाख १३, २०८१

बाढीबाट ज्यान गुमाउनेको परिवारलाई प्रदेश २ सरकारले ३ लाख दिने

जनकपुरधाम । बाढीबाट ज्यान गुमाउनेको परिवारलाई प्रदेश २ सरकारले ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

शनिबार मन्त्रिपरिषद्को बसेको आकस्मिक बैठकले मृतक परिवारलाई रु ३ लाख उपलब्ध गराउने निर्णय गरेको उद्योग, वन,पर्यटन राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए ।

उनका अनुसार प्रत्येक जिल्लामा रहेको राहतका लागि १०-१० लाख रुपैयाँका साथै त्रिपाल,खाना लगायतका सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । हेलिकप्टर, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतलाई उद्वार कार्य र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह गरेको छ ।