शनिबार, बैशाख ०८, २०८१

तमु धीं जापानको रजत जयन्ती: चर्चित गायिका सविना गुरुङ र फुलन्देकी आमा जापान आऊँदै

टोकियो । नेपाल तमु धीं जापानले आफ्नो स्थापनाकालको २५औं साँठ गाठको उपलक्ष्यमा बिबिध साँस्कृतिक कार्यक्रमसहित रोधी साँझ २०१९ तथा रजत जयन्ति मनाउने भएको छ ।
आगामी २०१९ अगस्ट ४ तारिक आईतबारको दिन ईकेगामी खाइकन हलमा मनाउन लागेको सांस्कृतिक कार्यक्रमको लागी नेपालबाट चर्चित राष्ट्रिय लोकदोहोरी गायिका तथा गुरुङ चलचित्रकी नायिका सविना गुरुङ र चर्चित हास्य कलाकार फुलन्देकी आमा(मुन्द्रेको कमेडी क्लब)जापान आउने भएका छन । कार्यक्रमलाई थप मनोरन्जन दिन चर्चित पप गायक सर्बग्यमान शाक्य लगायत स्थानिया कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रम पनि रहने भएको छ ।

तमु धीं जापानले रोजगारी र अध्यनको शिलसिलामा देशका बिभिन्न ठाउबाट जापान आइ बिभिन्न पेशा र ब्यबसाय गरि बसिरहेका तमाम तमुहरुलाई एककृत गर्दै आपसमा सहयोग, सद्भाव र भाइचाराको सम्बन्ध कायम गरि प्रवासमा आइपर्ने विविध समस्याहरुलाइ हातेमालो गर्दै समाधान गर्ने, तमु भाषा ,कला, साहित्य,संस्कार,संस्कृतीको संरक्षण,सम्वर्धन गर्दै आफ्नो मौलिक पहिचानलाई अन्तरास्ट्रिय स्तरमा चिनाउने,आदिवासी समुदायहरुको हक अधिकारबारे सुचित गर्ने गराउने मात्र नभएर सारा नेपालीहरुको बृहत्तर हितमा सहयोग पुर्याउदै आइरहेको छ ।

तमु धीं जापानको रोधी जस्तो आफ्नो एेतिहासिक तथा मौलिक साँस्कृतिक परम्परालाई जिबन्त राख्ने र अन्तरास्ट्रिय स्तरमा चिनाउने निरन्तर प्रयाशको २५ औं श्रींखला हो । कार्यक्रममा आफ्नो स्थापना कालको गौरबमय २५ बर्षे लामो एेतिहासिक अबसरमा सस्थाको संघर्षपूर्ण यात्रामा निरन्तर साथ् र सहयोग गरि यस रजत जयन्ति मनाउने स्थितिसम्म ल्याउने महत्वपुर्ण व्यक्तित्व, बुद्धिजिबी,कलाकार,संघसंगठन,ब्यबसायी,मिडियाकर्मीलाईसमेत सम्झिने भएका छन ्र

कार्यक्रमलाई भरपुर मनोरंजनात्मक बनाउन नेपालबाट चर्चित राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु चर्चित लोकदोहोरी गायिका तथा गुरुङ चलचित्रकी नायिका सविना गुरुङ र फुलन्देकी आमा आउन भीषा लागेको धी जापानका महासचिव चित्र गुरुङ्ले जानकारी दिनुभयो ।