शुक्रबार, चैत १६, २०८०

सरकारले विप्लव समूहको हिंसाबारे प्रतिपक्ष कांग्रेसको धारणा माग

काठमाडौैं । सरकारले नेकपा विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा माग गरेको छ । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोलुक बास्कोटाले बताए ।

बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?
उनले अघगाडि भने ‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ? भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै मन्त्री बास्कोटाले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे । हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्छु भन्ने नसोच्न कांग्रेसलाई सचेत गराए ।

सशस्त्र द्वन्द्वकालमा माओवादीले कहिले दरबारका नाममा, कहिले कांग्रेस त कहिले एमालेका नाममा खेलेकै स्मरण गर्दै उनले अहिले विप्लवसमूहले पनि त्यही प्रयोग गर्न खोजेको बताए । उनले अघि भने, ‘१० वर्ष भयानक हिंसा हुँदा मुख्य मतियारहरु को थिए ? उहाँहरुको दृष्टिकोण पूरातत्व विभागबाट खोज्नुपर्ने भयो ।

सरकारका प्रवक्ता बास्कोटाले कुमार पौडेलको मृत्युका सन्दर्भमा संसदीय समिति बनाउन नसकिने बताए ।