मङ्गलबार, बैशाख ११, २०८१

एनआरएनए जापान नागोया क्षेत्रको संयोजकमा श्याम सितलको उम्मेद्वारी

नागोया । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापान क्षेत्रीय समिति तोकाई (नागोया)का वर्तमान सचीव तथा धादिङ समाज जापानका सल्लाहकार श्याम शितलले एनआरएनए जापान क्षेत्रीय समिति तोकाईको संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल देखिनै सामाजिक सेवामा सकृय रहदै आएका श्याम शितल हाल जापानको नागोयामा बस्दै आएका छन् । सितल नागोयामा पनि विभिन्न सामाजिक सेवाहरूका साथ,गीतसंगीतको क्षेत्रमा कृयाशील छन् । उनि नागोया क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका लागि परदेशमा आईपर्ने विविध समस्याहरू समाधानमा सकृय रहदै आएका छन् ।

सितलले आफुले सचिबको भूमिकामा रहेर जिम्मेवारी पुर्वक काम गरिसकेको र थप जिम्मेवारी बहन गर्दै तोकाई क्षेत्रलाई नै संयोजन गरी एनआरएनएको मुल मर्मलाई आत्मसाथ गर्दै प्रवासमा रहेका नेपालीहरुको हक/हितका लागि अझ सकृय भएर काम गर्न चाहेको र त्यसैका लागि संयोजक पदको दावेदारी प्रस्तुत गरेको बताएका छन् ।