बुधबार, बैशाख १२, २०८१

गेलुमा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षणगरि औषधी र छाता बितरण

रामेछाप । जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी र छाता बितरण कार्यक्रम सम्पन्न भएको छ ।
आज मंगलवार मन्थली नगरपालिका १२ गेलु सिक्रालमा जेष्ठ नागरिकलाई नि शुल्क स्वास्थ्य परिक्षण तथा औषधी र छाता बितरण कार्यक्रम सम्पन्न भएके हो ।
नि:शुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविर मन्थली वडा १२ को अध्यक्ष कृष्णहरि अधिकारीको अध्यक्षतामा नगर प्रमुख रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यमा उद्घाटन गरि जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरि नि शुल्क औषधी र छाता बितरण कार्यक्रम सम्पन्न भएके वडा सदस्य राधिका खड्काले जानकारी दिनुभयो ।

ग्रामिन क्षेत्रमा मर्षायामको सिजरसंगै जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी र छाता बितरण गरिएके जनाएको छ ।
https://www.facebook.com/730638033717866/posts/2310580255723628?s=100003766465864&sfns=mo