शनिबार, बैशाख ०८, २०८१

एनआरएन जापान कान्तो क्षेत्रको निर्वाचन आचारसंहिता सार्वजनिक

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएन) जापान कान्तो क्षेत्र निर्वाचन (२०१९-२०२१) का लागि नयाँ नेतृत्व् चयनका लागि हुने निर्वाचनको आचारसंहिता प्रकाशित भएको छ ।
गत बुधवार निर्वाचन समितिका संयोजक शालिक राम भण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आचारसंहिता प्रकाशित गरेको हो ।
एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको छैटौ अधिवेशन जुलाई २० तारिखका दिन हुने भएको छ ।

१-निर्वाचन तालिका:
(क) निर्वाचन हुने पदहरु, संख्या र शुल्क
पद संख्या शुल्क
१-संयोजक १ ५०००० येन, २- उप संयोजक ३ ४०००० येन(१ महिला अनिवार्य ), ३- सचिब १ ३०००० येन, ५-कोषाध्यक्ष १ ३०००० येन, ४- सह-सचिब २ २५००० येन, ६-सह- कोषाध्यक्ष १ २५००० येन, ६-सदस्य ६ २०००० येन
२- उम्मेदवारी दर्ता: २०१९-७-१३ तारिक शनिबार (बिहान ११:००- साँझ ५:००सम्म)

३- २०१९-७-१४ उम्मेदवारी छानविन तथा सोधखोज प्रकृया ।
४-२०१९-७-१५ मा नामावली प्रकाशन
५-२०१९-७-१६ दाबी विरोध (बिहान ११:००-दिउसो २:०० सम्म)
६-२०१९-७-१७ उम्मेदवारी फिर्ता (बिहान ११:००- दिउसो २:०० सम्म)
७-२०१९-७-१७ अन्तिम नामावली प्रकाशन।
८- निर्वाचन गर्नु परेको अवस्थामा निर्वाचन समितीले अनुकुल परिस्थिति हेरी निर्वाचन मिती तय गर्ने छ।
९-तोकिएको पद संख्या भन्दा बढी उम्मेदवारी परेमा अथवा सहमति हुन नसकेको पदमा मात्र निर्वाचन हुने छ।
१०-उम्मेदवारी परेका सम्पूर्ण पदहरुको टुङ्गो नलागे सम्म निर्विरोध अथवा सहमति भएका विजयी उम्मेदवारहरुको नामावली पनि घोषणा गरीने छैन।
११-उम्मेदवार एनआरएन जापानको पञ्जीकृत सदस्य हुनु पर्ने छ।
१२-उम्मेदवारी दर्ताको समयमा उम्मेदवार स्वयं उपस्थित भै उम्मेदवारी दर्ता गर्नु पर्ने छ।
१३-उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने समयमा एनआरएन जापानको सदस्यता लिएको १ जना प्रस्तावक र २ जना समर्थक सहित निजहरुको सम्पर्क नम्बर ठेगाना पनि पेश गर्नु पर्ने छ।
१४- तोकिएको दर्ता शुल्क बुझाए पछि मात्र उम्मेदवारी दर्ता गर्न सकिने छ।
१५-उम्मेदवारी दर्ता गर्ने समयमा उम्मेदवारको साथमा प्रस्तावक र समर्थक बाहेक अन्य जो कोहि उपस्थित हुन पाउने छैन।
१६-उम्मेदवारी दर्ताको समयमा उम्मेदवार, प्रस्तावक र समर्थक जो कोहिले अबाञ्छनिय गतिविधि प्रस्तुत गरेमा अथवा देखाएमा उम्मेदवारी दर्ता लिईने छैन।
१७-तोकिएको समय भन्दा बाहेक उम्मेदवारी दर्ता लगायतका कुनै पनि प्रकृया सञ्चालन गरिने छैन।
१८-उम्मेदवारी दर्ताको समयमा उम्मेदवारले आवेदन फारम सहित परिचय खुल्ने काग़ज़ातको साथमा २ प्रति पासपोर्ट साइजको फ़ोटो पेश गर्नु पर्ने छ।
१९-उल्लेखित समय अवधिमा उम्मेदवारी फिर्ता गरेको खण्डमा दर्ता रकम शतप्रतिशत फिर्ता गरिने छ।अन्यथा यो नियम लागू हुने छैन।
२०- निर्वाचन सम्बन्धमा कुनै जानकारी चाहिएको खण्डमा निर्वाचन समितीका सदस्यहरुसँग सम्पर्क राख्न सकिने छ।
२१-निर्वाचन समिततीले निर्वाचन परिणाम घोषणा गर्ने छ। साथै सोहि अवसरमा निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सफत ग्रहण गराइ पदभार सुम्पने छ।
२२- पञ्जीकृत सदस्य स्वयंमले मतदानमा भाग लिनु पर्ने छ।सट्टा मतदानको ब्यबस्था गरिएको छैन।
२३-उम्मेदवारी दर्ता गर्ने स्थान:
新宿区百人町1-15-19 3F(सिन्ज्युकु कु,ह्याकुनिन च्यो)
२४-अधिबेशन हुने स्थान:
杉並区立産業商工会館
杉並区阿佐谷南3-2-19
सुगिनामी कुरीचु,सान्ग्यो स्योउकोउ खाइगान
सुगीनामी कु,आसागाया,मिनामी ३-२-१९
२५-अनुगमनको लागि एनआरएन समन्वय समितीले बढीमा ३ जना प्रतिनिधि पठाउन सक्ने छ।
२६-निर्वाचन प्रकृयाको समयमा कुनै पनि जटिलता सृर्जना भएको खण्डमा निर्वाचन समितीले गरेको निर्णय नै अन्तिम निर्णय हुने छ।
निर्वाचनलाई शान्त,निष्पक्ष र उत्साह पूर्वक सु:सम्पन्न गर्न सहयोग गर्नुहुनको लागि सम्बन्धित सबैमा निर्वाचन समिती हार्दिक अनुरोध गर्दछ।

निर्वाचन संयोजक
एनआरएन जापान
कान्तो क्षेत्र

सम्पर्कको लागि:
१-शालिक राम भण्डारी (संयोजक) ०९०-९८००-८०५५
२-विजय थकाली (सदस्य) ०९०-३५९५-१०६२
३-विकास श्रेष्ठ (सदस्य) ०८०-११६६-४६५४
४-टिकाराम खरेल(सदस्य) ०८०-४१७१-४९०६
५-विश्वेश्वर रेग्मी(सदस्य ) ०९०-९८११-६२२६