बिहिबार, बैशाख १३, २०८१

नागोयामा नेपाल फेष्टिवल भव्य र सव्य भयो : दीपक कार्की

जापानको नागोया शहरमा भर्खरै मात्र नेपाली फेस्टिवल सकिएको छ यसै सन्दर्भमा रहेर गैरआवासीय नेपाली संघ नागोया जापानका अध्यक्ष दीपक कार्कीसंग राजबिन थापा’राम’ले लिएको अन्तर्वार्ताको केहि अंश :-

नेपाल फेस्टिबल कत्तिको सफल रह्यो ?
-फेस्टिबल सोचेभन्दा राम्रो भएको छ । यति राम्रो होला भन्ने हामीले सोचेको पनि थिएनौ । योभन्दा पहिला अन्य ठाउँमा भएका भन्दा धेरै राम्रो भयो । नागोयामा पहिलो पटक पनि भयो र नागगोयावासी नेपाली हामीप्रतिको सहयोग र साथले गर्दा पनि भव्य र सव्य रुपमा सफल भएको छ ।

नेपाली फेस्टिबलले नागोयावासी जापानीलाई पनि केही असर पारेजस्तो लाग्छ ?
-विशेषगरी हामीले जापानबासीलाई फोकस गरेका थियौं । यहाँ नगरपालिकाको गभर्नर आइचिकेनका खाइचो मेयर उपमेयरदेखि लिएर ओबुसीटिको मेयर त्यस्तै जाइवाको पदाधिकारी इन्टरनेशनल कोकुसाई सेन्टरको पदाधिकारीहरु विभिन्न विश्वविद्यालय प्राध्यापकहरुलाई विशेष निमन्त्रणा गरेका थियौ र सबैको उपस्थिति पनि थियो । साथै यहाँ जापानी मिडियाहरुले पनि साथ दिएको हुनाले विशेष सफल भयो र हामी नेपालको वर्ष २०२० पर्यटक वर्षको लागि प्रचार पनि गरेका छौं ।

नेपाली फेस्टिबल गर्ने विचार कसरी आयो ?
-यो विचार मैले अध्यक्ष हुनु अगावै यो जापानको दोश्रो ठूलो सहर नागोयामा गर्ने रहर थियो किनकि प्रत्येक वर्ष टोकियो र केही वर्ष फुकुवोकामा पनि गरिएको थियो । त्यसैले यहाँ नेपालीका लागि केही गरेर देखाउन र यहाँको जापानीलाई पनि नेपालको प्रचार प्रसार गर्ने उद्देश्य थियो मेरो र सम्पूर्ण टिमको आँट आयो । यो कार्यक्रम गर्नलाई चार महिना लगाएर भित्री कार्य गरेर बल्ल बाहिर जनतामा ल्याइयो ।

गैरआवासीय नेपाली संघ नागोयाले विगतमा नेपालीका लागि के कस्तो काम गरेको छ यहाँ ?
-विशेष गरेर नागोयाजस्ता ठूलो सहरमा गैआवासीय नेपालीहरु भन्ने मात्रै थियो तर यसलाई वृहत रुपमा लागिएको थिएन । हुन त पहिलाका साथीहरुले पनि आपनो तर्फबाट पनि कामहरु त गरिहनु भएको हो । तर यसलाई संसारभर चिनाउने र नेपालीहरुलाई मर्दापर्दाको समयमा हरेक बेला सहयोग गर्दै आएका छौं । मेरो कार्यकालमा मैले लगभग विद्यार्थी पारिवारिक भिसा र कुक भिसामा आउने साथीहरु देखि जापनमा व्यवसाय गर्ने व्यवसायीहरु समेत सबैलाई समेटेर सबैमा भएका समस्याहरुलाई समाधान गर्ने सहयोग गर्ने र सल्लाह दिने कामहरु तीव्र रुपमा अगाडि बढायौं र अहिले पनि निरन्तर रुपमा लागिरहेका छौं ।

तपाईहरुले कोषलाई कसरी जम्मा गर्ने र सहयोग गर्ने गर्नुभएको छ ?
-यो भन्दा पहिलो राष्ट्रिय स्तरका विभिन्न कलाकारहरु लिएर साँस्कृतिक कार्यक्रमहरु ग¥यौं तेस्तै नेपालीहरु बीच नृत्य प्रतियोगिता ग¥यौं र त्यस्तै लगानी प्रर्वर्धन गर्ने कार्यक्रम गरेर कोष जम्मा गरेउ। यहाँका स्थानीय व्यवसायीबाट आर्थिक सहयोग माग्यौं र हामीले प्रतिबद्दता गरेका केही कुराहरु त्यो पनि हामीले पूरा गरेका छौं ।

एनआरएन नागोया जापानबाट नेपालीहरुले कस्तो सहयोग पाइरहेका छन ?
-जापान आइची प्रहरीसँग समन्वय गरेर जापानमा बढ्दो दुर्घटनामा झैं झगडा, लुटपाट, चोरी, डकैती र नयाँ आउने विद्यार्थीहरुको लागि जापानको नियम अनुसार जापानको रहन सहन वातावरण त्यसको लागि सहयोग । एनआरएन क्षेत्रको रुपमा मैले प्रतिनिधित्व गरेर पहिलोपटक जापानी भाषामा लेखिएको किताबलाई नेपाली भाषामा अनुवाद गरेर जापानको सबै अञ्चलहरुमा वितरण गर्ने कार्य जारी रहेको छ र यो पुस्तकको नाम चाहिँ (एनआरएन जापानी क्षेत्रीय कमिटी रहेको छ । यसरी नेपाली अनुवाद गरिएको पुस्तक नागोया जापानका प्रत्येक अञ्चलमा हाम्रै नामबाट वितरण हुँदैछ र पुराना विद्यार्थीलाई निशुल्क छात्राबासको व्यवस्था सहित भिसा समस्याको समाधान पनि गरेका छौं । त्यस्तै टिबी, ब्रेनट्युमर, एपेनडाइटिस देखि लिएर सुत्केरी महिलाहरुको लागि पनि हामीले सहयोग गरेका छौं र अर्को महत्वपूर्ण कुरा यही कार्यकालमा कतिपय बिमारीहरु जापनका अस्पतालमा गएर आफ्नो रोगको बारेमा खुलस्त रुपमा बताउन नसक्दा धेरै दुःख पाइरहेका छन् । युएनएचीसीआ भन्ने संस्थासँग मिलेर नेपाली भाषमा ३० हजार ३० पुस्तक छापेर वितरण गरेका छौं । यहाँ विभिन्न घटनाबाट अथवा कालगतिले मृत्युवरण गर्ने नेपालीहरुलाई नेपाल पठाउने काम पनि हाम्रो क्षेत्रले गरेको छ ।

अव आउने दिनहरुमा के कस्ता खालका कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?
-नागोयामा नेपाली जनसंख्या बढ्दै गएका हुनाले समस्या पनि बढ्दै जाने हुन्छ त्यसको लागि स्वास्थ्य सम्बन्धी जापनको “नेपाल जापान आदनप्रदान” कार्यक्रम गर्ने त्यस्तै नागोयमा वुद्धको मूर्ति बनाउने काम पनि अगाडि बढाउँदै छौं । अबदेखि प्रत्येक वर्ष नागोयामै बुद्ध जयन्ती मनाउने र बुद्धको प्रचार प्रसार व्यापक रुपमा गर्ने उद्देश्य छ भने हिन्दुहरुको लागि पनि एउटा मन्दिर बनाएर नेपाली हिन्दुहरुको चाड पर्व पनि मनाउने तैयारी गरिरहेका छौं ।

कार्यक्रमहरु गर्नुभयो आयव्यय कहिले र कसरी देखाउनुहुन्छ ?
-अहिले भर्खरै सम्पन्न नेपाल पेस्टिबलको कार्यक्रमको आयव्यय अब आउने हप्तामा सार्वजनिक गर्ने छौ र यो कार्यक्रमबाट केही रकम वचत भएको आँकलन मैले गरेको छु । समय दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यबाद ।