बिहिबार, चैत १५, २०८०

देबि घर्ती र शेरकृष्ण सुनारको नयाँ गीत ‘परदेशी माया’सार्वजनिक

ललितपुर । चर्चित गायीक देबि घर्ती मगर र गायक शेर कृष्ण सुनारको स्वर रहेको नयाँ गीत “परदेशी माया” सार्वजनिक भएको छ ।

उक्त गीतमा शेर कृष्ण सुनार र सानु पि.एम.को शब्द रहेको छ भने सङ्गीत सुनारको नै रहेको छ ।

दुर्गा बिरहीको निर्देशन रहेको यस गीतमा दिनेस मुस्कानको सम्पादन रहेको छ । यसअघि पनि बिरहीले निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य स्रोता दर्शकहरुको मन जित्न सफल भैसकेको छ ।

उक्त गीतमा जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाएसंगै आफ्नो जन्मभुमी फर्किएर संगै घुम्ने कुरालाई चित्रण गरिएको छ ।

आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक उक्त गीतको छायांकन गोपाल कुमार बि.सी. र कृष्ण श्रेष्ठको रहेको छ ।