मङ्गलबार, बैशाख ०४, २०८१

अभिभावकले बच्चालाई सानैदेखि सिकाउनैपर्ने १० कुराहरू

एजेन्सी । यो सबैका लागि अति उपयुक्त कुरा एक अर्कामा सेयर गरौँ । हुने बिरुवाको चिल्लो पात, ‘नानीदेखि लागेको बानी’ जस्ता यस्ता अनेकौँ नेपाली युक्ति हामी सबैलाई थाहा छ । यसैले भविष्य राम्रो बनाउँने हो भने बच्चादेखि नै चिल्लो पात हुनेगरी बनाउँन जरुरी छ । अर्थात बच्चा बेलादेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । त्यसैले आफ्नो बालबच्चाहरुलाई सानैदेखि राम्रो कुरा सिकाउन जरुरी छ ।

जसले गर्दा बच्चालाई राम्रो मानिस बन्नको लागि मद्दत गर्छ ।बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो । कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ । कतिपय कुरा ठूलो भएपछि आफै सिक्छन् तर केहि यस्ता बानी हुन्छन जुन बच्चामै सिकाउनुपर्छ ।

सही र गलतको फरक छुट्याउन सिकाउनुहोस् : बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउनुहोस । अनि मात्र उनीहरुमा निर्णय लिने क्षमताको विकास हुन्छ । यदि बच्चा सही र गलत विच फरक छुट्याउन सक्ने हुन्छन् । उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ ।
आफुभन्दा ठूलो मानिससँग बोल्न सिकाउनुहोस् : सबैभन्दा पहिला बच्चालाई आफुभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ ।
धैर्य राख्न सिकाउनुहोस् : आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ । उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ । बच्चालाई धैर्य गर्न सिकाउनुहोस । उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस ।
सेयरिङ गर्न सिकाउनुहोस : बच्चामा सुरुबाट नै सबैकुरा अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सविधा सिर्फ उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ ।
अर्कालाई सहयोग गर्न सिकाउनुहोस : यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस । जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ । उनीहरुको भावनालाई प्रेरित गर्नुहोस । सिर्फ चिनेकाहरुको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।
समयको कदर गर्न सिकाउनुहोस : आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस । बच्चालाई काम प्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस् । बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस् । बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस ।
थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस : बच्चालाई थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस । यसबाट बच्चाहरुमा अरु प्रति सम्मानको भावना विकसित हुन्छ ।ठूलोको कुरा मान्नु(बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ भनेर सिकाउनुपर्छ । उनीहरुको दिमागमा एउटा छाप बनाइदिनुहोस कि ठूलोले केहि कुरा भनेको तिम्रो हक र हितकै लागि हो ।
प्रार्थना गर्न सिकाउनुहोस : बच्चाहरुलाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस् । यसबाट बच्चामा आत्मविश्वास बढ्छ । प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ ।इमान्दार बन्न सिकाउनुहोस – बच्चाहरुलाई इमान्दार बन्न सिकाउनुहोस। इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस । यदि तपाईको बच्चा इमान्दार भयो भने उसले कहिले पनि झुट बोल्दैन् र गलत काम पनि कहिले गर्नेछैन् । यो सबैका लागि अति उपयुक्त कुरा एक अर्कामा सेयर गरौँ ।