शुक्रबार, बैशाख ०७, २०८१

दोरम्बा गाउँपालिकाको नाम ‘दोरम्बा सैलुङ’ राख्ने गाउँ सभाको निर्णय

मन्थली । रामेछापको दोरम्बा गाउँपालिकाको नाम फेरिएको छ । दोरम्बा गाउँपालिकाको गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै ‘दोरम्बा सैलुङ’ राख्ने निर्णय गरेको हो ।

ऐतिहासिक स्थल दोरम्बाबाट गाउँपालिकाको नाम दोरम्बा नामाकरण गरिएको थियो । तर दोरम्बा गाउँपालिकाले पर्यटन क्षेत्रलाई पनि समावेश गर्ने मुख्य उदेश्य सहित गाउँपालिकाको स्थापना भएको तीन बर्षपछि नाम परिवर्तन गरेको छ ।

दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले गाउँसभाबाट गाउँपालिकाको नाम दोरम्बा सैलुङ राखिएको जनाएके छ । उनका अनुसार गाउँसभाबाट पारित भएको नाम संघीय मामिला मन्त्रालयमा पठाइनेछ ।

गाउँपालिकाले गरेको नाम सरकारले अनुमोदन गरेपछि मात्र वैधानिकता पाउने छन् ।