शुक्रबार, बैशाख ०७, २०८१

नेकपाका नेता कार्यकर्तालाई न्यूनतम दुई रुख रोप्न ओली र प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई न्यूनतम दुई रुख रोप्न निर्देशन दिएको छ । सरकारले असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाउँदैछ र देशभर वृक्षारोपण कार्यक्रम हुँदैछ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्ला कमिटीलाई पत्र पठाएर वृक्षारोपणमा सहभागी हुन निर्देशन दिएको छ ।

साथै आम कार्यकर्ता, पार्टी सदस्य एवं समर्थक–शुभचिन्तकलाई वृक्षारोपण कार्यक्रममा सहभागी हुन र आफ्नो निजी घरजग्गा वा सार्वजनिक स्थानमा न्यूनतम २ वटा रुख रोप्न आग्रह गरेको छ ।