शुक्रबार, चैत १६, २०८०

टोकियोको सिवा पार्कमा हुने ‘तीज फेस्टिवल’को स्टल बुकिङ खुल्ला

टोकियो । जापानको राजधानी टोकियोमा पहिलो पटक हुने तीज विशेष साँस्कृतिक कार्यक्रम ‘तीज फेस्टिवल’को स्टल बुकिङ खुल्ला गरेको छ ।
डेस्टिनी क्रियसनले टोकियोमा आइतवार पत्रकार भेटघाट गरी स्टल खुल्ला गरीएको जानकारी दिएको हो ।

आगामी सेप्टेम्बर १ तारिख आईतबार टोकियो टावर नजिक रहेको सिवा पार्कमा हुने सो खुल्ला ‘तीज फेष्टिवल’ हुने एरियामा व्यवसायीकको लागी स्टल बुकिग्न खुल्ला गरेको हो ।
नेपालका ख्यातिप्राप्त आधा दर्जन कलाकारहरुको साथमा नेपाली तीजको मौलिकता झल्काउने गरी जापानमैं पहिलो पटक भिन्न र बृहत ‘तीज फेस्टीवल’एरियामा
तीजको दरखाने दिन विहान १० वजेवाट साँझ ७ वजेसम्म हुने जनाएको छ ।

उक्त तीज फेस्टीवल जापानमैं पहिलो पटक खुल्ला पार्कमा गर्न लागेकोले जापानस्थित सम्पुर्ण संस्थालाई सह-आयोजकको रुपमा राख्ने जानकारी दिएको छ ।

उक्त कार्यक्रमवाट संकलित भई बचेको रकम नेपालको ग्रामीण क्षेत्रका वालबालिकाको शैक्षिक सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।
३ देखी ४ हजारसम्म दर्शक उतार्ने योजना बनाएको सो तीज फेष्टिवलमा पार्कमा फ़ूड स्टल ३ ओटा र ५ व्यापारिक स्टल तोकेर छ ।
स्टलको लागी ०८०-९५२६-६४०५,०९०-९८४३-७८९७ मा सिदा सम्पर्क गर्न अपील गरेको छ ।