शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापानको पहलमा नेपाली विद्यार्थीलाई दिईने छात्रवृत्तीको लागि जुलाई १ सम्म आवेदन दिने सकिने

टोकियो । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १०० जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको लागि आवेदन दिने समय थप गरिएको छ ।

एनआरएनए जापानका महासचिव बुद्दीराज घिमिरेका अनुसार, नागोयामा आयोजना भएको नेपाल फेस्टिवलमा उपस्थित बिधार्थीहरुको अनुरोधलाई मध्यनजर गर्दै जुलाई १ तारिखसम्मको लागि आवेदन दिने समय थप गरिएको हो ।
जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा एनआरएनए जापानले समस्या न्यूनिकरणमा बिभिन्न माध्यमबाट अग्रसरता देखाउदै आएको छ । जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ , तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कुल तथा भोकेसनल कलेज र विश्वविद्यालय अध्ययनअध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छुनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

छात्रवृत्तीका लागि उल्लेखित मापदण्डहरु जानकारीको लागि अनुरोध गरिएको छ।
A. यो छात्रवृति को जम्मा अबधि २ बर्ष को हुनेछ। २ वर्ष पछि फेरी अर्को २ बर्ष को लागि आबेदन गर्न सकिन्छ।
B. यो छात्रवृति पाउन को लागि आँफु पढेको बिद्यालय/कलेज बाट सिफारिस लिनु पर्ने हुन्छ।
※सिफारिस को फारम IHNO को बाट उपलब्ध हुनेछ।
※बिद्यालय/कलेज परिवर्तन भएको बेला नया बिद्यालय या कलेज बाट सिफारिस लिनु पर्नेछ।
C. हप्ता मा २८ घण्टा को आरुबाइतो को नियम पालना गरेको हुनु पर्नेछ।
बिदा को बेलामा हप्ता मा ४० घण्टा सम्म गर्न मिल्ने , तर दिन को काम गर्ने घण्टा ८ घण्टा भन्दा बढी हुन हुँदैन।
D. प्रतेक महिना IHNO बाट दिइएको मिति सम्म मा काम को विवरण इमेल मार्फत पठाउनु पर्नेछ।

चाहिने डकुमेन्ट।
१. IHNO आबेदन फारम (बिद्यालय ले सिफारिस गर्ने फारम सहित २ पेज )
२. बैंक को खाता नम्बर र खाता को नाम बुझिने पासबुक को कपि
३. हस्त लिखित जापानी भाषा मा निबन्ध। (पढाई को लागि किन जापान रोज्नु भयो ?) जापानी भाषा बिद्यालय को बिधार्थी ४०० शब्द , अरु ले ८०० शब्द।
(IHNO ले उपलब्ध गराउने पेपर मा लेख्ने )
४. रेसिडेन्ट कार्ड को फोटो कपि।
५. आँफु पढ्ने बिद्यालय को स्युसेकी सेइसेकि प्रमाण पत्र।
६. अन्य जापान मा प्राप्त गर्नु भएका सर्टिफिकेट (JLPT) जस्ता प्रमाण पत्र।
अन्तिम मिति २०१९ जुलाई १ तारिक भित्र फारम भरि आवेदन गरिसक्नु पर्ने छ।
तपसिल ठेगनामा कागजपत्र पठाउनु होला।
〒100-0014
東京都千代田区永田町2-17-17アイオス永田町505