शुक्रबार, बैशाख ०७, २०८१

उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ठुक्क भएर लगानी गर्न आग्रह गरे ।
उद्योगको विकास नभएसम्म बेरोजगारी अन्त्य नहुने भन्दै गृहमन्त्री थापाले औधोगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने योजनामा सरकार रहेको दावी गरे ।

देशमै रोजगारी सिर्जना गरेर विदेशिने युवाहरुलाई स्वदेशमा नै रोक्ने योजना रहेको उनको भनाइ छ । गृहमन्त्री थापाले रोजगार रोजगारदाता र बेरोजगार इच्छुक युवाहरुलाई जोड्न रत्ननगरले आयोजना गरेको रोजगार मेला विशिष्ट रहेको बताए ।