शुक्रबार, चैत १६, २०८०

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा वृद्धि हुने

काठमाडौं । असार १ गतेदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

उनका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।