शुक्रबार, चैत १६, २०८०

चिवामा प्रथम फुटसल प्रतिगियोता सम्पन्न, ब्लु रेइ समुह प्रथम

जापान । नमस्ते चिवाको आयोजनामा जापानको चिवामा प्रथम कप फुटसल प्रतिगियोता सम्पन्न भएको छ ।

जापानमा रहेका नेपालीहरुबीच आत्मिय सम्बन्ध कायम गर्ने हेतुले उक्त प्रतिगियोता आयोजना गरिएको नमस्ते चिवाका म्यानेजर खगेन्द्र भट्टले जानकारी दिनुभयो ।

कुल १२ समुहको सहभागिता रहेको उक्त प्रतिगियोतामा ब्लु रेइ समुह प्रथम भएको थियो । ब्लु रेइले नर्थनलाई १ का बिरुद्द ३ गोलले पराजित गर्दै उपाधी रक्षा गर्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम भएको ब्लु रेइले २ लाख २ हजार २ सय दुई रुपया नगद सहित सिल्ड र मेडल प्राप्त गरेको छ । त्यसै गरी दोस्रो भएको नर्थन एफ सि केटीएमले १ लाख १ हजार १०१ नगद सहित मेडल र सिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगितामा ब्लु रेइका रमेश गुरुङ उत्कृष्ठ खेलाडी, बेस्ट् डिफेन्डर नर्थनका रबिजन शाही, बेस्ट गोल किपर ब्लु रेइका सागर गुरुङ बन्न सफल भए । उनिहरु सबैलाई जनही पाच हजारका दरले पुरस्कार प्रदान गरिएको म्यानेजर भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा नमस्ते चिवा ‘ए’ अनुशासित टिम बन्न सफल भएको थियो ।