बिहिबार, बैशाख १३, २०८१

नेफेसो र नयाँ शक्ति कुवेतबीच पार्टी एकता जुन २१ मा घोषण हुने

कुवेत । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको कुवेतमा एकता घोषणा कार्यक्रम हुने भएको छ ।

कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच यहीँ जुन २१ तारिख शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको छ ।

२०७६ बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीया समाजवादी फोरम नेपालबिच भएको पार्टी एकिकरण पश्चात पार्टीको आगिक निकाय र जनबर्गिय संगठनहरू र प्रवास संगठनहरू एकिकरण हुन लागेको हो ।

केन्द्रिय पार्टी कार्यलयको सर्कुलर निर्देशन पत्र अनुसार कुवेतमा दुई संगठन बिच एकता प्रकृया लाई मुर्तरुप दिन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको तर्फबाट जय नारायण थारूको संयोजकत्वमा ३ सदस्सीय र नेपाली संघीय समाज कुवेतको तर्फबाट खखुरा किरातको संयोजकत्वमा ३ सदस्सीय गरी ६ सदस्यीय वार्ता संमायोजन समिति गठन गरी आपसी सहमतिमा नयाँ संरचना निर्माण गरीने र संगठनको नाम अन्तर्राष्ट्रिय नेपाली समाज राखिने सहमति जुटेको समाजका महासचिव खखुरा किरातले बताएका छ्न्न। र यहि जुन २१ तारीख शुक्रबार युनिक अडिटोरियम हल फरवानिया, ब्लक – ३,मा बृहत पार्टी घोषणा कार्यक्रम रहेको छ।

साथै कुवेतमा रहेका विभिन्न संघ, सँस्था, पत्रकार, वुद्धिजीवि, समाजसेवी, खेलाडी, कलाकार, साहित्यकर्मी लगायत पार्टी प्रति आस्थावान तथा पार्टीमा आवद्ध हुन चाहने कुवेत वासी सम्पुर्ण श्रमजीवी वर्ग एवं उत्पीडित नागरिकहरु लाई पार्टी एकता घोषणा कार्यक्रममा उपस्थित हुन निमन्त्रणा तथा आव्हान गरेको छ।