शुक्रबार, बैशाख ०७, २०८१

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् ।
परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका हुन् ।
अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए भने अर्का अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन् । महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताए । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उनले भने । उनले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरे ।

ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा प्रकाशनरसिंह राणा विजयी
१ अध्यक्ष : प्रकाश नरसिंह राणा
२ उपाध्यक्ष : राजुमान डंगोल
३ उपाध्यक्ष : भविश्वर शर्मा
४ उपाध्यक्ष : गीता गुरुङ
५ महासचिव : ध्रुव अधिकारी
६ सचिव : बद्रि प्रसाद तिमिल्सिना
७ कोषाध्यक्ष : पुण्यराम लगेजु
८ सदस्य : दिनेश श्रेष्ठ
९ सदस्य : राजेन्द्र दुलाल
१० सदस्य : केशव बस्नेत
११ सदस्य : सुरेन्द्र श्रेष्ठ (राजन)
१२ सदस्य : कर्मा घले
१३ सदस्य : स्वप्नील शर्मा
१४ सदस्य : रुपेश गुरुङ
१५ सदस्य : नरेन्द्र ब श्रेष्ठ