शुक्रबार, चैत १६, २०८०

चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी

काठमाडौं । चलचित्र कलाकार संघको शनिवार भएको निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।

यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले २४३ मत ल्याएकी छिन् । उनी, निर्वाचनमै सर्वाधिक मत ल्याउने उम्मेदवार समेत हुन् । यस्तै, उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भए । महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १५६ मत ल्याएका थिए । सचिव पदमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी हासिल गर्दै गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १६९ मत ल्याइन् । सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् ।
निर्वाचन जितेपछि अध्यक्ष रविन्द्र खड्काले आफूले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए ।
त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी,जयकिशन बस्नेत,गोपाल नेपाल,शारदा नेपाल, उद्धव भट्टराई,जीवन थापा,धर्मानन्द आचार्य,धनराज केसी,रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।