मङ्गलबार, बैशाख ११, २०८१

अगष्ट २९ देखि जापानको ओसाका सिधा उडान गर्नेगरी नयाँ मिति तय

जापान । नेपाल एअरलाइन्सको काठमाडौंदेखि जापानको ओसाका सिधा उडानका लागि नयाँ मिति तय गरेको छ । अगष्ट २९ देखि उडान गर्नेगरी नयाँ मिति तय गरेको हो ।
नेपाल वायुसेवा निगमले यसअघि जुलाई ४ देखि सिधा उडान गर्ने बताएको थियो ।
निगमले डेढ महिनाअघि राखेको सेड्युल अनुसार एक महिनापछि जापानमा नियमित उडान सुरु हुनुपर्थ्यो । तर एक महिना अघि प्राविधिक तयारी पूरा नभएको भन्दै निगमले ओसाका उडानलाई पछि सारेको हो । निगमले अगष्ट २९ देखि उडान गर्नेगरी नयाँ मिति तय गरेको छ ।
तर निगमका विज्ञ राजु केसीले आउँदो अगस्ट २९ तारिखबाट नियमित उडान सुरु गर्ने योजना बनाएको दाबी गरे । ‘हामी अगस्ट २९ तारिखदेखि उडान सुरु गर्नेछौँ । पहिलाको जस्तो उडान नै रद्द गर्न नपर्ने कुरामा हामी आशावादी छौँ’ केसीले भने । निगमले १२ वर्षपछि जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भन्दै प्रचार गरेको थियो । उसले आफ्नै व्यावसायिक योजनाअनुसार झुक्याउँदै जहाज उडाउन नसकेको यो तेस्रो पटक हो ।

निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने भन्दै टिकट बिक्री खुला गरेको थियो । नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४१ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ । निगमले सन १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको गरेको थियो ।