शनिबार, चैत १७, २०८०

संगीतकार श्रीकृष्णबम मल्ल जापानमा सम्मानित

टोकियो । नेपाली संगीत क्षेत्रका लोकप्रिय संगीतकार श्रीकृष्णबम मल्ल जापानमा सम्मानित भएका छन् ।
नेपालको राष्ट्रिय खेल भलिबलका पूर्व खेलाडी समेत रहेका मल्ललाई गल्कोट स्पोर्टस् क्लव जापानले सम्मान गरेको हो ।

टोकियोको ओमरीस्थित सारङ्गी रेष्टुरेन्टमा एक समारोहको आयोजना गरी संगीतकार मल्ललाई सम्मान गरेको सो क्वलले जनाएको छ ।
कार्यक्रम जुन ६ तारिख बिहिबार साँझ ५ बजे राखिएको थियो । उक्त कार्यक्रममा सहभागिताका लागि गीत तथा संगीतप्रेमी नेपालीहरुको उपस्थिति रहेको थियो ।

नेपाली आधुनिक र चलचित्रमा समेत गरी करीव ७ सय गीतमा संगीत भरिसकेका मल्ल शब्द सिर्जनाका साथै लोकदोहोरी संकलन र गायनमा समेत अब्बल मानिन्छन् । उनले विभिन्न म्युजिक भिडियोहरूमा अभिनय र निर्देशन पनि गर्दै आईरहेका छन् भने मल्ल राष्ट्रिय स्तरका विभिन्न पुरस्कार र अवार्डद्वारा सम्मानित भईसकेका छन् । उनी जापानी सोसाईटी फर अर्थोंर कम्पोज़र एंड पब्लिसरले आयोजना गरेको एक कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपाल ४ जना जापान आएका थिए ।
तस्विर : तेजेन्द्र भण्डारी/टोकियो