मङ्गलबार, बैशाख ०४, २०८१

पेट्रोलको मूल्य घट्यो,अन्य पेट्रोलियम पदार्थको मूल्य भने यतावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्य सूची अनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको हो ।

निगमले अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ । खाना पकाउने ग्यासको मूल्यसमेत यतावत रहेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

बुधबार मूल्य समायोजन भएसँगै पेट्रोलको मूल्य ११० रुपैयाँ पुगेको छ ।