बुधबार, बैशाख १२, २०८१

नेपाली कांग्रेसको छायाँ सरकार गठन,ओली सरकारको कामलाई निगरानी गर्ने

काठमाडौं । नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) बमोजिम छाया सरकार गठन गरेका हुन् ।

छाया सरकारमा गृहमा दीलेन्द्रप्रसाद बडू, उर्जा समितिमा नेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाललाई संयोजक तोकिएका छ । यस्तै, खेलकुदमा किशोर सिंह राठौर, शिक्षामा गगन थापा, शहरी विकासमा उमाकान्त चौधरी, उद्योगमा मीन विश्वकर्मा, खानेपानीमा सुजाता परियार, पर्यटनमा देवेन्द्र कँडेल,स्वास्थ्यमा पार्वती डिसी चौधरी, सञ्चारमा बहादुर सिंह लामा र श्रममा डिला संग्रौला संयोजक तोकिएका छन् ।

भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।
कांग्रेसको छायाँ सरकारले ओली सरकारको कामलाई निगरानी गर्ने जनाएको छ ।