बिहिबार, बैशाख १३, २०८१

जापानको ओसाकामा उडानको नेपाल एयरलाईन्सको टिकट बुकिङ खुल्ला

टोकियो । नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाईन्सले जापानको ओसाकामा उडानको लागि टिकट बुकिङ खुल्ला गरेको छ ।

नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनीले जापान उडानको अनुमति पाएसंगै असार १९ गते अंग्रेजी मिति अनुसार आगामी जुलाई ४ तारिख देखि नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान गर्ने निश्चित भएसँगै टिकट विक्रि खुल्ला गरेको हो । जापानको ओसाका उडानका लागि मे १२ अर्थात आइतबारदेखि टिकट बुकिङ खुल्ला गरिएको नेपाल एयरलाईन्सका जापान प्रमुख सन्तोष पाण्डेले जानकारी दिनुभयो ।

निगमले असार १९ गतेदेखि हप्ताको तीन दिन मंगलवार बिहिबार र शनिबार उडान गर्ने निश्चित भएको छ । निगमले तय गरेको जापानको ओसाका देखी काठमाडौंसम्मको उडान भाडा सस्तोमा ४१ हजार येन देखी महंगोमा २ लाख ३० हजार येनसम्म रहेको छ । जापानको सम्पूर्ण जिम्मेवारी निगमले कन्ट्री म्यानेजरको रुपमा सन्तोष पाण्डेलाई तीनमहिना अघिनै नियुक्त गरेको थियो । म्योनजर पाण्डेले नेपाल एयरलाईन्सले ओसाकापछि नारिता उडानको लागि काम भैरहेको बताउनु भयो ।

जापानभर अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीको सदस्य भएका ५ सय २ वटा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिने जनाएको छ ।
पहिलो : भाडादरः एकतर्फी ४१ हजार, दुई तर्फी ७७ हजार येन
दोस्रो : एकर्फी ४५ हजार र दुई तर्फी ८५ हजार जापानी येन
तेस्रो : एकतर्फी ४९ हजार येन र दुई तर्फी ९३ हजार येन
चौथो : टिकटदर एकतर्फी ५३ हजार येन र दुईतर्फी १ लाख १३ हजार पाचौं एकतर्फीः ५९ हजार येन र दुई तर्फी १ लाख २५ हजार येन
बिजनेश क्लासतर्फ : एकतर्फी १ लाख १८ हजार येन रहेको छ भने बिजनेश क्लास दुईतर्फी भाडा २ लाख ३० तीस हजार जापानी येन रहेको छ ।