मङ्गलबार, बैशाख ०४, २०८१

जापानमा ईयू मोबाईलको मासिक शुल्क ४० प्रतिशतसम्म सस्तो हुने

टोकियो । जापानको मोबाईल फोन सेवा व्यवसायमा अग्रणी स्थान ओगट्ने केडिडिआई कर्पोरेशनले जुन १ तारिखबाट मोबाईल फोनको मासिक शुल्क घटाउने भएको छ ।
केडिडिआई कर्पोरेशनले जापानमा एयु मोबाईल सेवा प्रदान गर्दै आईरहेको छ ।

जापान सरकारको पछिल्लो दुरसंचार पोलिसी अन्तर्गत सेवाप्रदायकलाई प्रतिष्पर्धि मुल्य निर्धारण गराउन प्राप्त निर्देशनलाई अनुसरण गर्दै, कर्पोरेशनले सो निर्णय गरेको हो ।

जुन १ बाट एयु मोबाईल प्रयोगकर्ताहरुले ३ प्रकारका नयाँ शुल्क योजनाहरु छनौट गर्न सक्नेछन् । त्यसमध्ये एक योजनामा, मात्र मासिक २९८० येनमा सम्झौता गर्न सक्नेछन् । सो योजनामा १ जिबी सम्म ईन्टरनेट तथा फोन सेवा उपयोग गर्न सक्नेछन् । त्यस्तै अर्को एक भन्दा बढि पारिवारका सदस्यहरुले एयु मोबाईल प्रयोग गरेको खण्डमा मासिक बिलमा १ हजार येन छुट लिन सक्नेछन् । केडिडिआईका वरिष्ठ कार्यकारी व्यवस्थापक ताकासी सोजिका अनुसार जुन महिनाबाट एयुका प्रयोगकर्ताहरुले सन २०१७ अघि सार्वजनिक शुल्क योजनाको तुलनामा ४० प्रतिशतसम्म सस्तोमा सेवा प्रयोग गर्न सक्नेछन् ।

केडिडिआईले सार्वजनिक गर्ने अर्को योजना हो, अनलिमिटेड ईन्टरनेट डाटा योजना । यस योजनामा अब ग्राहकहरुले मासिक ८ हजार ९ सय ८० येनमा अनलिमिटेड ईन्टरनेट सेवा लिन सक्नेछन् । यो जापानका वर्तमान मुख्य मोबाईल सेवा प्रदायकहरुले दिने पहिलो ४ जी अनलिमिटेड ईन्टरनेट सेवा हो ।त्यस्तै अर्को नयाँ योजनामा,मासिक ५ हजार ५ सय ८० येनमा ७ जिबी ईन्टरनेट चलाउन सकिने सेवा हो ।
त्यसो त जापानका अन्य मोबाईल फोन सेवा प्रदायक कम्पनीहरुले पनि सेवा शुल्क समायोजन गरेका छन् । सेवा शुल्क समायोजन गर्ने कम्पनीहरुमा एनटिटि दोकोमो तथा सफ्टबैंक रहेका छन् । यि कम्पनिका केहि शुल्क योजनाहरु केबल १९८० येनमै सम्झौता गर्न सकिने छ ।