शुक्रबार, बैशाख ०७, २०८१

विधेयक प्रेसमैत्री हुने गरि बनाउन पहल गर्ने सभामुख महराको प्रतिवद्धता

काठमाडौं । साताब्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महरालाई मिडिया काउन्सिल विधेयक प्रेसमैत्री बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

महासंघले सोमबार भेट गरि संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै फिर्ता लिन माग गर्दै सभामुख महरालाई विधेयकलाई प्रेसमैत्री बनाउन पहल गर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलगायतले सभामुख महरालाई भेटेर प्रेसमैत्री विधेयक बनाउनुपर्ने बताएका हुन् ।
सभामुख महराले विधेयक प्रेसमैत्री हुने गरी बनाउन पहल गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।
सरकारले सरोकारवाला पक्षसँग छलफल र सहमति नलिइ गत बिहीबार संसदमा सरकारले नियन्त्रण गर्न सक्ने गरी मिडिया विधेयक पेश गरेपछि विवाद हुँदै आएको छ ।