शुक्रबार, चैत १६, २०८०

सिड्नीमा एनआरएन ओशिनिया क्षेत्रीय सम्मेलनको भव्य उद्घाटन

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो ओशिनिया क्षेत्रीय सम्मेलन आजदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने यो ओसिनिया क्षेत्रीय सम्मेलनको उद्घाटन कानुन मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गरे । एनआरएनएहरू माझ निकै चासो र अर्थपूर्ण रूपमा हेरिएको यो सम्मेलनमा बिभिन्न क्षेत्र र पेशासंग आबद्द्ध ब्यक्तित्वहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालबाट कानुन मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, सह-कोषाध्यक्ष सोम सापकोटा लगायत बिदेशी प्रतिनिधिको पनि सहभागिता रहेको छ । सम्मेलन‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने मूल नारामाथि आधारित रहेको छ ।

‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ भन्ने विषयमा केन्द्रित हुने सम्मेलनमा यस क्षेत्रका बुद्धिजिबिले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्धिक तथा ब्यबहारिक बहस हुने आयोजक समितिका संयोजक तथा एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले बताए। सम्मेलनमा क्यानाडाबाट डा.प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा.राजु अधिकारि, डा.कुश श्रेष्ठ, डा.कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नेछन् ।