बिहिबार, बैशाख १३, २०८१

अनुष्का श्रेष्ठले हात पारिन ‘मिस नेपाल २०१९’को उपाधि

काठमाडौं । ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । वुधवार भएको फाइनलमा अनुष्काले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए । अनुष्काले सात जनालाई पछि पार्दै ‘मिस नेपाल २०१९’को उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले हात पारेकी छन् । त्यस्तै यस पटक मिस नेपाल सुप्रानेशनल भनेर नयाँ उपाधि पनि थपिएकोमा उक्त ताज रोज लामाले पहिरिएकी छन ।