शुक्रबार, बैशाख ०७, २०८१

टोकियोमा बृहत् ‘तीज फेस्टिवल’ सांस्कृतिक कार्यक्रम हुने

टोकियो । नेपाली हिन्दुनारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा वृहत तीज विशेष कार्यक्रम ‘तीज फेस्टिवल’ हुने भएको छ ।

जापानको राजधानी टोकियोमा डेस्टिनी क्रियसनको आयोजनामा सेप्टेम्बर १ तारिख आईतबार सो ‘तीज फेस्टिवल’ हुने भएको हो । नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा, नेपाली तीजको मौलिकता झलकाउने गरी, जापानमै पहिलो पटक भिन्न र बृहत ‘तीज फेस्टीवल’ गरिने डेस्टिनी क्रियसनका कृष्ण खरेलले जानकारी दिनुभयो ।

आयोजक डेस्टिनी क्रियसनका अनुसार, तीजको दरखाने दिन आयोजना हुने सो, फेस्टिवल जापानवासी नेपालीहरुको माझमा पहिलो पटक गर्न लागिएको कार्यक्रमको स्थान तथा समय भने केहि दिनमै जानकारी गराउने बताईएको छ ।