शनिबार, बैशाख ०८, २०८१

जापानमा नयाँ युग रेईवा (令和) युग भोली बुधबारबाट सुरु

टोकियो । भोलि बुधबारबाट जापानमा नयाँ युग रेईवा (令和) युग सुरु हुने छ । यसैविच भोलिबाट राज्याभिषेक हुने नयाँ सम्राट नारुहितोको राज्यारोहणका विभिन्न औपचारिक समारोहहरु भईरहेका छन् ।
जापानी सम्राट अकिहितोले गद्दी त्याग्दै छन् । जापानी राजसंस्थाको २०० वर्षको इतिहासमा गद्दी त्याग्ने अकिहितो जापानको पहिलो राजा हुनेछन्। ८५ वर्षीय सम्राटले आफ्नो उमेर र स्वास्थ्यका कारण पद सम्हाल्न नसक्ने बताएपछि कानुनीरूपमै अनुमति दिइएको जापानी समाचार संस्थाले जनाएका छन्। अकिहितोका छोरा क्राउन प्रिन्स नारुहितोले बुधबारदेखि राजगद्दी सम्हाल्दै नयाँ युगको सुरुवात गर्ने जनाइएको छ ।
कुनै पनि राजनीतिक अधिकार नभए पनि जापानमा राष्ट्रिय प्रतीकका रूपमा सम्राटको सम्मान गर्ने चलन छ । सन् १८१७ यता स्वेच्छाले पद त्याग्ने पहिलो सम्राट अकिहितो बन्नेछन्। आज जापानको हेईसेई युगको अन्तिम दिन हुने छ ।

AFP_1FQ9ZN