बुधबार, बैशाख १२, २०८१

साहित्य समाज जापानको टोकियोमा स्वर्ण श्रृङ्खला तथा साहित्यिक कार्यक्रम सम्पन्न

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले टोकियोमा स्वर्ण श्रृङ्खला साहित्यिक कार्यक्रम गरि भब्य रुपमा सम्पन्न गरेको छ ।
अनेसास केन्द्रको मुखपत्र अन्तर्दृष्टिको जापान विमोचन र मिनराज बसन्तको पिपिरी लोकार्पण भएकाे छ।
कार्यक्रममा अतिथि लेखक मिनराज बसन्त ,एनआरएनए जापानका उपाध्यक्ष सिव प्रसाद पौडेल,सुस्मा अमात्य ,केन्द्रिय उपाध्यक्ष प्रकास पौडेल माईला ,कवि दिप मुस्कान ,तिलक मल्ल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । पुर्व अध्यक्ष बेलुकाजी थापाले संस्थाको बिगत देखि अहिले सम्म प्रस्तुत गर्दै साहित्यले आत्महत्यालाई निरुत्साहित गर्ने हुदा युवालाई साहित्यमा पोस्साहित गर्नु पर्ने वताउनुभयो । प्रमुख अथिति साहित्यकार रमेस पौडेलले जो जहाँ रहे पनि घरगाँउको सपना देखिने र लेखकको कुनै भुगोल नहुने वताउनुभयो । कार्यक्रममा रचनाकारहरु ध्रब बन्जाडे ,कलाकार कृष्ण के सि ,मिनराज बास्तोला ग्ररिस्मा पौडेल , हेमन्त गिरि , सुमन प्रतिबिम्ब ,अनिल कुमार निर्धोस , गिरिजा गैरे,संगिता कुवर ,अरुण पौडेल ,राजु बि सि ,सेखर बिकल्प,दिनेस ज्ञवालि राजु लक्षित , के बि पारखि , रमेस लामिछाने , दिपा घिमिरे लगायतले रचना पस्कनु भएको थियो । त्यस्तै कलाकार रितु थापा मगर र साहिल खड्काले गित प्रस्तुत गर्नु भयो । कार्यक्रममा गत फेब्रुअरीमा आयोजना भएको जापानब्यापी खुल्ला कबिता प्रतियोगिताका २० कविता मध्ये सरोज पोखरेलको कविता नेपाल यातायात, सबिना रेग्मीको राम्रो हुदा देशमा र दिप मुस्कानको आमा र देश पुरस्कृत भएका छन ।

कार्यक्रम संथाका अध्यक्ष दिप पाठक र सचिव रविन शर्माले संचालनमा सम्पन्न भएको छ ।