बिहिबार, बैशाख ०६, २०८१

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुँदै, विभागीय टोलीको वर्चस्व कायमै

काठमाडौ । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुदैछन् । प्रदेश नम्बर ५ मा सञ्चालन भईरहेको प्रतियोगितामा विभिन्न १८ विधामा प्रतिस्पर्धा हुनेछ ।

यसैबीच, जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक हात पार्दै आफ्नो वर्चस्व कायम राखेको छ । १० औं दिनको खेल सकिँदा आर्मीले ४५ स्वर्ण, ३१ रजत र २७ कास्य पदकसहित कुल १ सय ३ पदक जितेको छ ।

यस्तै नेपाल पुलिस क्लबले २२ स्वर्ण, २० रजत र २१ कास्य पदकसहित कुल ६३ पदक जितेको छ । सशत्र प्रहरीको एपीएफ क्लबले १७ स्वर्ण, १६ रजत र २८ कास्यसहित कुल ६१ पदक जितेर तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा प्रदेश अन्र्तगत प्रदेश ३ ले ९ स्वर्ण, १५ रजत र ३३ कास्य पदक गरी ५७ पदक हात पारेको छ ।

गण्डकीले ६ स्वर्ण, ७ रजत र १९ कास्यसहित ३२ पदक जित्दा सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण, ५ रजत र १४ कास्यसहित २५ पदक जितेको छ । यस्तै प्रदेश २ ले ६ स्वर्ण,६ रजत र ५ कास्यसहित १७ पदक जितेको छ । प्रदेश ५ ले ४ स्वर्ण, १० रजत र २४ कास्यसहित ३८ पदक, प्रदेश १ ले ३ स्वर्ण, ९ रजत र २६ कास्यसहित ३८ र कर्णाली प्रदेशले २ स्वर्ण, १ रजत र २ कास्यसहित ५ पदक जितेको छ ।